Inter Party Women's Alliance

    अन्तर पार्टी महिला सञ्जाल

News/Notices


कल्याणी रिजाल

कल्याणी रिजाल

अध्यक्ष्

Phone: 014781014

Email: ipwa_co@yahoo.com


ममता गिरि

ममता गिरि

महासचिव

Mobile: 014282538

Email: ipwa_co@yahoo.com


हाम्रो बारेमा

Inter Party Women's Alliance was established on International Women’s Day, 2006 (2062 Falgun, 24) as a common political forum for Women in Nepal.

Inter Party Women's Alliance was established on International Women’s Day, 2006 (2062 Falgun, 24) as a common political forum for Women in Nepal. During its establishment time, the alliance comprised of women leaders from seven political parties: Nepali Congress, CPN-UML, CPN-ML, Nepali Congress-Democratic, Jan Morcha Nepal, Bammorcha, Nepal Sadbhawana Party Anandadevi and PRP.

अन्तर पार्टी महिला सञ्जालको परिचय


 नेपालको इतिहासमा लामो समय (करिब एक शतक) देखि नेपाली महिलाहरुले आफू माथि भएका अन्याय, अत्याचार, शोषण, दमन र उत्पीडनको अन्त्य र आफ्ना  हक, अधिकारको स्थापनाका लागि विभिन्न कालखण्डमा विभिन्न सङ््घ, सङ््गठन र संस्थाहरुका माध्यमबाट आफ््ना आवाजहरुलाई  बुलन्द गर्दै आएको हामी पाउँदछौ । जुन ढङ््गले नेपाली महिलाहरुले नेपालको इतिहासमा नालापानी र काँगडाको युद्धदेखि विभिन्न कालखण्डमा राष्ट्र«, राष्ट्रियता, (लोकतन्त्र), जनतन्त्र, जनजीविका र महिला हक, अधिकार प्राप्तिका साथै राजतन्त्रको अन्त्य र गणतन्त्र स्थापनाको आन्दोलनमा महत्वपूर्ण र निर्णायक भूमिका खेले । त्यसको अनुपातमा राज्य संरचनाका निर्णायक तहमा महिलाको प्रतिनिधित्व न्यून छ । लोकतन्त्र पुनःस्थापनादेखि संघीय लोकतान्त्रिक गणतन्त्र सम्मका हरेक आन्दोलनमा  महिलाहरुका उत्सर्ग र योगदान अत्यन्त महत्वपूर्ण र निर्णायक रहँदारहँदै हाम्रा मुद्दाहरुलाई ओझेलमा पार्ने र राज्य संचालनका अवसरबाट वञ्चित गरिदै आएको छ । यही परिप्रेक्ष्यमा फरक फरक राजनीतिक अवस्था र विचार बोकी विभिन्न राजनीतिक दलमा आवद्ध सचेत र जागरुक महिला नेताहरुको लामो र निरन्तरको संयुक्त प्रयासबाट राजाको प्रतिगमनकारी कदम र निरकुंश राजतन्त्रको अन्त्य, लोकतन्त्रको वहाली र संघीय लोकतान्त्रिक गणतन्त्र स्थापनाको लागि सशक्त सडक आन्दोलनमा रहेका राजनीतिक दलहरु सम्बद्ध जो आफै पनि लोकतन्त्र पुर्नवहालीका आन्दोलनका सक्रिय एवं नेतृत्वदायि भूमिकामा थिए । लैङ््गिक समानता र सामाजिक न्यायमा आधारित समतामुलक समाज निर्माण गर्ने प्रक्रियालाई सुदृढ र कार्यान्वयन गर्न राजनीतिक दल तथा राज्यका सबै संरचनाहरुका नीति निर्माण र निर्णायक तहमा जनसंख्याको आधारमा महिलाको समानुपातिक समावेशी सहभागिता सुनिश्चित गर्दै महिला हक, अधिकारको क्षेत्रमा गुणात्मक फड््को मार्नका लागि मुलुकमा सङ््घीय लोकतान्त्रिक गणतन्त्र स्थापना हुन अनिवार्य छ भन्ने मूल ध्येय र महिला माथि हुने सबै प्रकारका भेदभाव तथा हिंसाको उन्मुलन गर्ने, अन्तराष्ट्रिय सन्धि, महासन्धिहरु तथा अभिसन्धिहरु, नेपाल सरकार र सर्वोच्च अदालतले विभिन्न समयमा महिला अधिकार र न्यायका पक्षमा गरेका निर्णयहरुको कार्यान्वयन गराउने लक्ष्यका साथै लोकतान्त्रिक राज्य व्यवस्थामा राज्यका नीति निर्माण र कार्यान्वयन गर्ने कार्यमा राजनीतिक दलहरुको भूमिका नै महत्वपूर्ण र निर्णायक हुने अर्थात सबै नीतिको माउ नीति राजनीति भएको हुदा राजनीतिक दलहरु नै महिला अधिकारको क्षेत्रमा बढी सचेत र संवेदनशील हुनुपर्ने, महिलाका सम्पूर्ण समस्या र मुद्दाहरु राजनीतिक तवरले नै समाधान र सम्बोधन गर्नुपर्ने, नीति निर्माण र निर्णय तहमा महिलाहरुको हस्तक्षेपकारी भूमिका (अर्थपूर्ण सहभागिता) वेगर राष्ट्रको सर्वाङ्गीण विकास र लोकतन्त्र संस्थागत हुन नसक्ने हुदा संघीय लोकतान्त्रिक गणतन्त्रका पक्षधर राजनीतिक पार्टीका महिला नेताहरुको संयुक्त प्रयासबाट महिलाहरुको साझा राजनीतिक मञ्चको रुपमा २०६२  फागुन २४ गते (८ मार्च) अन्तराष्ट्रिय श्रमिक महिला दिवसका दिन अन्तर पार्टी महिला सञ्जालको निर्माण भएको हो ।

स्थापनाकालमा ७ वटा राजनीतिक पार्टी नेपाली–का“ग्रेस, नेपाली का“ग्रेस (प्रजातान्त्रिक), नेकपा (एमाले), जनमोर्चा नेपाल, नेकपा (माले), नेपाल सद्भावना पार्टी (आनन्दीदेवी)  राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रीय तहका महिला नेताहरुको सहभागिता रहेको थियो ।

२०६५ सालको संविधान सभामा प्रतिनिधित्व गर्ने १५ वटा राजनीतिक दलमा आवद्ध २९ जना महिला नेताहरुको सहभागिता थियो भने हाल आवद्ध पार्टीहरु नेपाल कम्युनिष्ट पार्टी (ने क पा), नेपाली–का“ग्रेस, राष्ट्रिय जनता पार्टी नेपाल, संघीय समाजवादी फोरम नेपाल, नेकपा (माले) र राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक) समेत गरी ६ ओटा राजनैतिक दलका १६ जना केन्द्रीय समितिका महिला नेताहरुको कार्यसमिति बनेको छ ।