दूरदृष्टि
लैङ्गिक समानता र सामाजिक न्यायमा आधारित समातामूलक समाज निर्माण गर्ने ।
ध्येय
लैङ्गिक समानता र समातामूलक समाज निर्माण गर्ने प्रक्रियालाई सुदृढ र कार्यान्वयन गर्न राजनीतिक दल तथा राज्यका सबै संयन्त्रहरुको नीति निर्माण र निर्णय तहमा महिलाको समानुपातिक समावेशी सहभागिताको व्यवस्था संविधानले गरेको छ । कानुन मै व्यवस्था गर्न पहल, कदमी र पैरवी गर्ने ।
लक्ष्य
महिलामाथि हुने सबै प्रकारका भेदभाव तथा हिंसाको उन्मुलन गर्ने, अन्तराष्ट्रिय सन्धि–अभिसन्धिहरु तथा नेपाल सरकार र सर्वोच्च अदालतले विभिन्न समयमा महिला अधिकार र न्यायको पक्षमा गरेका निर्णयहरुको कार्यान्वयन गराउने र राजनीतिक दल तथा राज्य संयन्त्रका सम्पूर्ण क्षेत्रमा महिलाको समानुपातिक समाबेसी प्रतिनिधित्व सुनिश्चित गर्ने ।