Inter Party Women's Alliance

    अन्तर पार्टी महिला सञ्जाल

News/Notices


कल्याणी रिजाल

कल्याणी रिजाल

अध्यक्ष्

Phone: 014781014

Email: ipwa_co@yahoo.com


ममता गिरि

ममता गिरि

महासचिव

Mobile: 014282538

Email: ipwa_co@yahoo.com


क्रियाकलापहरु

२०७४ मा सम्पन्न भएका सम्पूर्ण कार्यक्रमहरू

  • २०७४ बैशाख ८ गते माननीय प्रमुख निर्वाचन आयुक्त श्री अयोधी प्रसाद यादव ज्यूलाई स्थानीय तहको निर्वाचनमा महिलाको ५० प्रतिशत प्रतिनिधित्वको लागि निर्वाचन आयोग कान्तिपथमा ध्यानाकर्षण–पत्र बुझाईयो ।
  • २०७४ बैशाख १० गते सम्माननीय श्री सभामुख ओनसरी घर्ती ज्यू र माननीय डा.आरजु राणा देउवा ज्यूलाई स्थानीय तहको निर्वाचनमा महिलाको ५० प्रतिशत प्रतिनिधित्वको लागि सिंहदरबारमा ध्यानाकर्षण–पत्र बुझाईयो ।
  • २०७४ बैशाख १३ गते नेपाली कांग्रेसका सभापति माननीय श्री शेर बहादुर देउवा ज्यूलाई स्थानीय तहको निर्वाचनमा महिलाको ५० प्रतिशत प्रतिनिधित्वको लागि मागपत्र बुझाईयो ।  
  • २०७४ बैशाख १४ गते रिपोटर्स क्लव भृकुटीमण्डपमा स्थानीय तहको निर्वाचनमा महिलाको ५० प्रतिशत प्रतिनिधित्वको लागि पत्रकार सम्मेलन कार्यक्रम सम्पन्न गरियो ।
  • २०७४ बैशाख १४ गते नेकपा (माओवादी केन्द्र)का संगठन विभाग प्रमुख श्री राम बहादुर थापा ‘वादल’ ज्यलाई स्थानीय तहको निर्वाचनमा महिलाको ५० प्रतिशत प्रतिनिधित्वको लागि मागपत्र बुझाईयो ।
  • २०७४ बैशाख १५ गते नेकपा (एमाले)का अध्यक्ष् माननीय श्री केपी ओली ज्यू र महासचिव श्री इश्वर पोखरेल ज्यूलाई स्थानीय तहको निर्वाचनमा महिलाको ५० प्रतिशत प्रतिनिधित्वको माग पत्र बुझाईयो ।
  • २०७४ जेठ २९ गते नेकपा एमालेका मुख्य सचेतक माननीय श्री भानुभक्त ढकाल ज्यूलाई अन्तर पार्टी महिला सञ्जालले नगरपालिकाको प्रमुख, गाउपालिकाको अध्यक्ष् र वडा अध्यक्षमा कम्तीमा ५० प्रतिशत महिलाको उम्मेदवारी दिने व्यवस्था मिलाउन, दलित महिला नभएको अबस्थामा सो स्थानमा अन्य समुदायका महिलाको उमेद्वारी दिन सकिने ब्यबस्था गर्न, न्यायीक समितिमा व्यवस्था भएको तीन जना सदस्य मध्ये एक जना महिलाको समानुपातिक समावेशी प्रतिनिधित्व सुनिश्चित गराउन संसदीय दलको कार्यालय सिंहदरबारमा ध्यानाकर्षण–पत्र बुझाईयो ।
  • २०७४ जेठ २९ गते सञ्चरकर्मीसंग सञ्जाल कार्यक्रम इन्द्रेणी फुडल्याण्ड नयाबानेश्वरमा सम्पन्न गरियो ।
  • २०७४ जेठ ३० गते अन्तर पार्टी महिला सञ्जालले नगरपालिकाको प्रमुख, गाउपालिकाको अध्यक्ष् र वडा अध्यक्षमा कम्तीमा ५० प्रतिशत महिलाको उम्मेदवारी दिने व्यवस्था मिलाउन, दलित महिला नभएको अबस्थामा सो स्थानमा अन्य समुदायका महिलाको उमेद्वारी दिन सकिने ब्यबस्था गर्न, न्यायीक समितिमा व्यवस्था भएको तीन जना सदस्य मध्ये एक जना महिलाको समानुपातिक समावेशी प्रतिनिधित्व सुनिश्चित गराउन, वर्तमान सरकारमा पार्टीबाट सहभागि हुदा संविधानको भावना र मर्म बमोजिम महिलाको न्यूनतम एक तिहाइ प्रतिनिधित्व सुनिश्चितता र संवैधानिक आयोगहरु, कुटनैतिक निकायहरु र विभिन्न निकायमा नियुक्ति गर्दा न्यूनतम एक तिहाई महिला सहभागिता सुनिश्चित गर्न नेपाली कांग्रेस संसदीय दलबाट सशक्त भूमिका निर्वाह गरियोस् भनी नेपाली कांग्रेसका मुख्य सचेतक माननीय श्री चिनकाजी श्रेष्ठ ज्यूलाई नेपाली कांग्रेस संसदीय दलको कार्यालय सिंहदरबारमा  ध्यानाकर्षण पत्र बुझाईयो ।
  • २०७४ असार १ गते अन्तर पार्टी महिला सञ्जालले नगरपालिकाको प्रमुख, गाउपालिकाको अध्यक्ष् र वडा अध्यक्षमा कम्तीमा ५० प्रतिशत महिलाको उम्मेदवारी दिने व्यवस्था मिलाउन, दलित महिला नभएको अबस्थामा सो स्थानमा अन्य समुदायका महिलाको उमेद्वारी दिन सकिने ब्यबस्था गर्न, न्यायीक समितिमा व्यवस्था भएको तीन जना सदस्य मध्ये एक जना महिलाको समानुपातिक समावेशी प्रतिनिधित्व सुनिश्चित गराउन, वर्तमान सरकारमा पार्टीबाट सहभागि हुदा संविधानको भावना र मर्म बमोजिम महिलाको न्यूनतम एक तिहाइ प्रतिनिधित्व सुनिश्चितता र संवैधानिक आयोगहरु, कुटनैतिक निकायहरु र विभिन्न निकायमा नियुक्ति गर्दा न्यूनतम एक तिहाई महिला सहभागिता सुनिश्चित गर्न सशक्त भूमिका निर्वाह गरियोस् भनी नेकपा (माओवादी केन्द्र) का अध्यक्ष माननीय श्री पुष्प कमल दाहाल (प्रचण्ड) ज्यूलाई ध्यानाकर्षण–पत्र बुझाईयो ।
  • २०७४ असार २ गते अन्तर पार्टी महिला सञ्जालले नगरपालिकाको प्रमुख, गाउपालिकाको अध्यक्ष् र वडा अध्यक्षमा कम्तीमा ५० प्रतिशत महिलाको उम्मेदवारी दिने व्यवस्था मिलाउन, दलित महिला नभएको अबस्थामा सो स्थानमा अन्य समुदायका महिलाको उमेद्वारी दिन सकिने ब्यबस्था गर्न, न्यायीक समितिमा व्यवस्था भएको तीन जना सदस्य मध्ये एक जना महिलाको समानुपातिक समावेशी प्रतिनिधित्व सुनिश्चित गराउन, वर्तमान सरकारमा पार्टीबाट सहभागि हुदा संविधानको भावना र मर्म बमोजिम महिलाको न्यूनतम एक तिहाइ प्रतिनिधित्व सुनिश्चितता र संवैधानिक आयोगहरु, कुटनैतिक निकायहरु र विभिन्न निकायमा नियुक्ति गर्दा न्यूनतम एक तिहाई महिला सहभागिता सुनिश्चित गर्न सशक्त भूमिका निर्वाह गरियोस् भनी सम्माननी सभामुख श्री ओनसरी घर्ती ज्यूलाई व्यवस्थापिकाको कार्यालय सिंहदरबारमा र राष्ट्रिय जनता पार्टी नेपालका अध्यक्ष् तथा संयोजक श्री महन्त ठाकुर ज्यूलाई पार्टी कार्यालय विजुलिबजारमा ध्यानाकर्षण पत्र बुझाईयो ।
  • २०७४ असार २० गते सम्माननीय प्रधानमन्त्री शेर बहादुर देउवा ज्यूलाई नगरपालिकाको प्रमुख, गाउपालिकाको अध्यक्ष् र वडा अध्यक्षमा कम्तीमा ५० प्रतिशत महिलाको उम्मेदवारी दिने व्यवस्था मिलाउन, दलित महिला नभएको अबस्थामा सो स्थानमा अन्य समुदायका महिलाको उमेद्वारी दिन सकिने ब्यबस्था गर्न, न्यायीक समितिमा व्यवस्था भएको तीन जना सदस्य मध्ये एक जना महिलाको समानुपातिक समावेशी प्रतिनिधित्व सुनिश्चित गराउन, वर्तमान सरकारमा पार्टीबाट सहभागि हुदा संविधानको भावना र मर्म बमोजिम महिलाको न्यूनतम एक तिहाइ प्रतिनिधित्व सुनिश्चितता र संवैधानिक आयोगहरु, कुटनैतिक निकायहरु र विभिन्न निकायमा नियुक्ति गर्दा न्यूनतम एक तिहाई महिला सहभागिता सुनिश्चित गर्न प्रधानमन्त्रीको कार्यालय सिंहदरबारमा ध्यानाकर्षण पत्र बुझाईयो ।
  • २०७४ असार २३ गते अन्तर पार्टी महिला सञ्जालले कानुनको कार्यन्वयन भए नभएको समिक्षा कार्यक्रम सम्पन्न गरियो ।
  • २०७४ असार ३० गते निर्वाचन आयुक्त माननीय ईला शर्मा ज्यूसंग निर्वाचनमा महिलाको समानुपातिक समावेशी प्रतिनिधित्व सुनिश्चित गर्नकोलागि निर्वाचन आयोग कान्तिपथमा छलफल गरियो ।
  • २०७४ श्रावन २ गते निर्वाचन आयुक्त माननीय ईला शर्मा ज्यू, निर्वाचन आयुक्त माननीय ईश्वरी प्रसाद पौड्याल ज्यू लगायतसंग महिलाको समानुपातिक समावेशी प्रतिनिधित्व सुनिश्चितता गर्न निर्वाचन आयोगमा छलफल गरियो ।
  • २०७४ श्रावन ४ गते पत्रकार भेटघाट कार्यक्रम अल्फा हाउस नयाबानेश्वरमा सम्पन्न गरियो ।
  • २०७४ श्रावन ११ गते प्रदेश सभा र प्रतिनिधि सभा सदस्य निर्वाचन विधेयक २०७४ सम्बन्धी अन्तरक्रिया कार्यक्रम माननीय सांसद ज्यूहरुसंग युनियन हाउस अनामनगरमा सम्पन्न गरियो ।
  • २०७४ श्रावन १२ गते पैतृक सम्पतिमा समान अधिकार वा इच्छापत्र प्रणाली सम्बन्धी अन्तरक्रिया कार्यक्रम अल्फा हाउस नयाबानेश्वरमा सम्पन्न गरियो । सो दिन प्रदेश सभा सदस्य र प्रतिनिधि सभा सदस्यको निर्वाचनका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७४ को संशोधन प्रस्ताव र सम्पतिमा समान अधिकार वा इच्छापत्र प्रणाली सम्बन्धी सञ्जालले तयार पारेको अवधारणापत्र सम्माननीय सभामुख ओनसरी घर्ती ज्यूलाई संविधान सभाको भवन नयाबानेश्वरमा र माननीय गृह मन्त्री जनार्दन शर्मा (प्रभाकर) ज्यूलाई गृह मन्त्रालय सिंहदरबारमा बुझाईयो ।
  • २०७४ श्रावन १५ गते सञ्जालले तयार पारेको पैत्रीक सम्पतिमा समान अधिकार वा इच्छापत्र प्रणाली सम्बन्धी अवधारणापत्र र प्रदेश सभा सदस्य र प्रतिनिधि सभा सदस्यको निर्वाचनका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७४ को संशोधन प्रस्ताव राप्रपाका मुख्य सचेतक माननीय श्री कुन्ती कुमारी शाही ज्यू, नेकपा (माओवादी केन्द्र) का सचेतक माननीय श्री सीता नेपाली ज्यू र संघीय समाजवादी फोरम नेपालका बरिष्ठ नेता श्री अशोक कुमार राई ज्यूलाई संसदीय दलको कार्यालय सिंहदरबारमा बुझाईयो ।
  • २०७४ श्रावन १६ गते सञ्जालले तयार पारेको पैत्रीक सम्पतिमा समान अधिकार वा इच्छापत्र प्रणाली सम्बन्धी अवधारणापत्र र प्रदेश सभा सदस्य र प्रतिनिधि सभा सदस्यको निर्वाचनका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७४ को संशोधन प्रस्ताव राज्य  व्यवस्था समितिका सभापति माननीय श्री दिलबहादुर घर्ती ज्यू, नेकपा (एमाले) का मुख्य सचेतक माननीय भाभुभक्त ढकाल ज्यू र नेकपा संयुक्तका संसदीय दलका नेता जयदेव जोशी ज्यूलाई संसदीय दलको कार्यालय सिंहदरबारमा बुझाईयो ।
  • २०७४ श्रावन १७ गते सञ्जालले तयार पारेको पैत्रीक सम्पतिमा समान अधिकार वा इच्छापत्र प्रणाली सम्बन्धी अवधारणापत्र र प्रदेश सभा सदस्य र प्रतिनिधि सभा सदस्यको निर्वाचनका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७४ को संशोधन प्रस्ताव नेपाली (कांग्रेस) का इश्वरी न्यौपाने ज्यूलाई संसदीय दलको कार्यालय सिंहदरबारमा र नेकपा (माले) का महासचिव माननीय श्री चन्द्रप्रकाश मैनाली ज्यूलाई पार्टी कार्यालय रातोपुलमा बुझाईयो ।
  • २०७४ श्रावन १९ गते अन्तर पार्टी महिला सञ्जालले पैत्रिक सम्पतिमा समान अधिकार वा इच्छापत्र प्रणाली सम्बन्धी माननीय महिला सांसद ज्यूहरु र विभिन्न राजनीतिक दलका महिला नेत्रीहरुसंग अल्फा हाउस नयाबानेश्वरमा अन्तरक्रिया कार्यक्रम गरियो ।
  • २०७४ श्रावन ३२ गते राष्ट्रिय जनता पार्टी नेपालका अध्यक्ष् श्री मन्त ठाकुर ज्यूलाई सञ्जालले तयार पारेको पैत्रीक सम्पतिमा समान अधिकार वा इच्छापत्र प्रणाली सम्बन्धी अवधारणापत्र र प्रदेश सभा सदस्य र प्रतिनिधि सभा सदस्यको निर्वाचनका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७४ को संशोधन प्रस्ताव सहित ध्यानाकर्षणपत्र बुझाइयो । 
  • २०७४ भाद्र २ गते नेकपा संयुक्तका अध्यक्ष श्री गणेश साह ज्यूलाई सञ्जालले तयार पारेको पैत्रीक सम्पतिमा समान अधिकार वा इच्छापत्र प्रणाली सम्बन्धी अवधारणापत्र र प्रदेश सभा सदस्य र प्रतिनिधि सभा सदस्यको निर्वाचनका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७४ को संशोधन प्रस्ताव सहित ध्यानाकर्षणपत्र पार्टी कार्यालय सेतोपुलमा बुझाईयो ।
  • २०७४ भदौ ६ गते पैतृक सम्पतिमा समान अधिकार वा इच्छापत्र प्रणाली सम्बन्धी अन्तरक्रिया कार्यक्रम अल्फा हाउस नयाबानेश्वरमा सम्पन्न गरियो र नेकपा (एमाले) का बरिष्ठ नेता झलनाथ खनाल ज्यूलाई ध्यानाकर्षण–पत्र संसदीय दलको कार्यालय सिंहदरबारमा बुझाईयो ।
  • २०७४ भाद्र १२ गते नेपाली कांग्रेसका बरिष्ठ नेता श्री रामचन्द्र पौडेल ज्यूलाई प्रदेश सभा र प्रतिनिधि सभा सदस्यको निर्वाचन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७४ सम्बन्धी संशोधन प्रस्ताव र पैतृक सम्पतिमा समान अधिकार वा इच्छापत्र प्रणाली सम्बन्धी सञ्जालले तयार पारेको अवधारणा पत्र सहित ध्यानाकर्षणपत्र संसदीय दलको कार्यालय सिंहदरबारमा बुझाइयो ।
  • २०७४ भाद्र २६ गते राज्य व्यवस्था समिति सभापति माननीय श्री दिलबहादुर घर्ती ज्यूलाई व्यवस्थापिका–संसदको कार्यालय सिंहदरबारमा, प्रमुख निर्वाचन आयुक्त माननीय श्री अयोधी प्रसाद यादव ज्यू र निर्वाचन आयुक्त माननीय श्री इला शर्मा ज्यूलाई निर्वाचन आयोगमा प्रदेश सभामा महिलाको न्यूनतम ४० प्रतिशत र प्रतिनिधि सभामा न्यूनतम ३३ प्रतिशत परिणाममै सुनिश्ति हुने गरी प्रदेश सभा सदस्य र प्रतिनिधि सभा सदस्य सम्वन्धि निर्वाचन नियमावलीमा व्यवस्था गरिदिन हुन सुझाव पत्र बुझाइयो ।
  • २०७४ असोज २६ गते प्रदेशसभामा न्यूनतम ४० प्रतिशत र  प्रतिनिधि सभामा न्यूनतम एक तिहाई महिलाको प्रतिनिधित्व परिणाममै सुनिश्चित गर्नको लागि पूर्व प्रमुख निर्वाचन आयुक्त श्री निलकण्ठ उप्रेति ज्यूको मुख्य आतिथ्यतामा सम्भावित महिला उम्मेदवारहरुसंग निर्वाचन रणनीति निर्माण कार्यशाला गोष्ठी सम्पन्न गरियो ।
  • २०७४ कार्तिक १० गते प्रदेश सभा र प्रतिनिधि सभाको पहिलो चरणको निर्वाचनमा महिलाको अत्यन्तै न्यून उम्मेदवारी दिएकोमा दलहरु प्रति दभाव स्वरुप प्रेस विज्ञप्ती सहित सञ्चारकर्मीहरुसंग भेटघाट गरियो । 

  • २०७४ कार्तिक २० गते प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्यको निर्वाचनमा राजनीतिक दलहरुले महिलाको उम्मेदवारी अत्यन्तै न्यून दिएकोमा उम्मेदवार महिलाहरुलाई विजय गराउन के के गर्न सकिन्छ भन्ने विषमा केन्द्रीत रहेर ईन्द्रेणीहाउस नयाबानेश्वरमा विभिन्न सञ्चार माध्ययममा कार्यरत विशेष तथा विज्ञ सञ्चारकर्मीहरुसंग छलफल गरियो ।

  • २०७४ पौषमा तराईका पाच जिल्लाहरु २५ गते महोत्तरी, २६ गते सर्लाही, २७ गते रौतहट, २८ गते बारा र २९ गते पर्षा गरी अन्तर पार्टी महिला सञ्जाल जिल्ला कार्यसमितिको अनुगमन गरियो ।   

  • २०७४ फागुन १४ गते मन्त्री परिषद् विस्तार गर्दा न्यूनतम एक तिहाई महिलाको प्रतिनिधित्व सुनिश्चितताका साथै संवैधानिक आयोगहरु, कुटनैतिक निकायहरु र विभिन्न निकायमा नियुक्ति गर्दा न्यूनतम एक तिहाई महिला सहभागिता सुनिश्चित गर्नका लागि इन्द्रेणीहाउस नयाबानेश्वरमा पत्रकार सम्मेलन गरियो ।

  • २०७४ फागुन २४ गते अन्तराष्ट्रिय श्रमिक महिला दिवस आठ मार्चका दिन “विश्वका महिलाहरु एक होऔं” १०८ औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस भब्यरुपले मनाऔं सामाजिक न्यायमा आधारित समतामूलक समाज निर्माण गर्न अघी बढौं । भन्ने मूल नाराका साथ अन्तर पार्टी महिला सञ्जालको १३ औं स्थापना दिवसको अबसरमा माननीय महिला सांसद ज्यूहरुलाई सम्मान तथा सञ्जाल आवाज विमोचन कार्यक्रम अल्फा हाउस नयाबानेश्वरमा सम्पन्न गरियो ।

  • २०७४ फागुन २९ गते देश ब्यापी रुपमा महिला तथा बालबालिकाहरु माथि हिंसा र बलात्कारका घटनाहरु दिन प्रति दिन बढ्दै गैरहेकोमा घटनाको गंभीरतापूर्वक छानविन गरी सत्य तथ्यका आधारमा सम्पूर्ण अपराधिहरुलाई कडा भन्दा कडा सजाय दिईयोस र यस्ता घटनाहरु पुनः दोहोरिन नदिन गंभिरता पूर्वक कदम चालियोस् भनी माननीय गृह मन्त्री ज्यूलाई ध्यानाकर्षण पत्र बुझाईयो ।

  • २०७४ चैत्र १९ गते देश ब्यापी रुपमा महिला तथा बालबालिकाहरु माथि हिंसा र बलात्कारका घटनाहरु दिन प्रति दिन बढ्दै गैरहेकामा घटनाको गंभीरतापूर्वक छानविन गरी सत्य तथ्यका आधारमा  सम्पूर्ण अपराधिहरुलाई कडा भन्दा कडा सजाय दिईयोस र यस्ता घटनाहरु पुनः दोहोरिन नदिन गंभिरता पूर्वक कदम चालियोस् भनी अन्तर पार्टी महिला सञ्जाल, अखिल नेपाल महिला संघ,  नेपाल महिला संघ, अखिल नेपाल महिला संघ (क्रान्तिकारी), राष्ट्रिय महिला संघ, संघीय समाजवादी महिला फोरम, राष्टिय प्रजातान्त्रिक महिला संघ, अखिल नेपाल प्रगतिशिल महिला संघ सम्मिलत संयुक्त संघर्ष समितिको आयोजनामा पत्रकार सम्मेलन गरियो ।

  • २०७४ चैत्र २५ गते महिला प्रतिनिधित्वको अबस्था प्रस्तुतीकरण कार्यक्रम अल्फा हाउस नयाबानेश्वरमा सम्पन्न गरियो ।

    २०७५ मा सम्पन्न भएका सम्पूर्ण कार्यक्रमहरू
  • २०७५ श्रावन १७ गते राज्य संरचनाका हरेक निकायमा महिलाको न्यूनतम एक तिहाई प्रतिनिधित्व सम्बन्धी अन्तरक्रिया कार्यक्रम राजनीतिक दलका प्रमुख नेता ज्यूहरु, माननीय सांसद ज्यूहरु र विभिन्न राजनीतिक दलका महिला नेत्रीहरुसंग अल्फाहाउस नयाँबानेश्वरमा गरियो ।
  • २०७५ भाद्र १३ गते अन्तर पार्टी महिला सञ्जालले देश ब्यापी रुपमा महिला तथा बालबालिकाहरु माथि हिंसा र बलात्कारका घटनाहरु दिन प्रति दिन बढ्दै गैरहेकोमा  घटनाको गंभीरतापूर्वक छानविन गरी सत्य तथ्यका आधारमा सम्पूर्ण अपराधिहरुलाई कडा भन्दा कडा सजाय दिईयोस र यस्ता घटनाहरु पुनः दोहोरिन नदिन पुलिस र प्रशासनलाई अझ जिम्मेवार र संवेदनशील बनाई गंभिरता पूर्वक कदम चालियोस् भनी माननीय गृह मन्त्री श्री राम बहादुर थापा (वादल) ज्यूलाई गृह मन्त्रालय सिंहदरबारमा ध्यानाकर्षण पत्र बुझाइयो ।

  • २०७५ भाद्र २४ गते अन्तर पार्टी महिला सञ्जालले राज्यका हरेक निकायमा महिलालाई समानुपातिक समावेशी सहभागिता हुने हक हुनेछ भन्ने संवैधानिक व्यवस्था अनुरुप संवैधानिक आयोग, कुटनितिक निकाय लगाएत राज्यका हरेक निकायहरुमा हुन गइरहेको राजनीतिक नियुक्तिहरुमा महिलाको ३३ प्रतिशत प्रतिनिधित्व सुनिश्चित गर्नको लागि ऐतिहासिक भूमिका खेलिदिनु हुनको लागि नेपाल कम्युनिष्ट पार्टी (ने क पा) का महासचिव माननीय श्री विष्णु पौडेल ज्यूलाई सिंहदरबार दलको कार्यालयमा ध्यानाकर्षण पत्र बुझाइयो ।

  • २०७५ भाद्र २५ गते अन्तर पार्टी महिला सञ्जालले राज्यका हरेक निकायमा महिलालाई समानुपातिक समावेशी सहभागिता हुने हक हुनेछ भन्ने संवैधानिक व्यवस्था अनुरुप संवैधानिक आयोग, कुटनितिक निकाय लगाएत राज्यका हरेक निकायहरुमा हुन गइरहेको राजनीतिक नियुक्तिहरुमा महिलाको ३३ प्रतिशत प्रतिनिधित्व सुनिश्चित गर्नको लागि ऐतिहासिक भूमिका खेलिदिनु हुनको लागि नेपाल कम्युनिष्ट पार्टी (ने क पा), मुख्य सचेतक माननीय श्री देव प्रसाद गुरुङ ज्यूलाई संसदीय दलको कार्यालयमा ध्यानाकर्षण पत्र बुझाइयो ।

  • २०७५ भाद्र २५ गते अन्तर पार्टी महिला सञ्जालले राज्यका हरेक निकायमा महिलालाई समानुपातिक समावेशी सहभागिता हुने हक हुनेछ भन्ने संवैधानिक व्यवस्था अनुरुप संवैधानिक आयोग, कुटनितिक निकाय लगाएत राज्यका हरेक निकायहरुमा हुन गइरहेको राजनीतिक नियुक्तिहरुमा महिलाको ३३ प्रतिशत प्रतिनिधित्व सुनिश्चित गर्नको लागि ऐतिहासिक भूमिका खेलिदिनु हुनको लागि राष्ट्रिय जनता पार्टी नेपाल अध्यक्ष्ँ माननीय श्री महन्थ ठाकुर ज्यूलाई पार्टी कार्यालयमा ध्यानाकर्षणपत्र बझाइयो ।

  • २०७५ भाद्र २८ गते अन्तर पार्टी महिला सञ्जालले राज्यका हरेक निकायमा महिलालाई समानुपातिक समावेशी सहभागिता हुने हक हुनेछ भन्ने संवैधानिक व्यवस्था अनुरुप संवैधानिक आयोग, कुटनितिक निकाय लगाएत राज्यका हरेक निकायहरुमा हुन गइरहेको राजनीतिक नियुक्तिहरुमा महिलाको ३३ प्रतिशत प्रतिनिधित्व सुनिश्चित गर्नको लागि ऐतिहासिक भूमिका खेलिदिनु हुनको लागि संघीय समाजवादी फोरम नेपालका सहअध्यक्ष्ँ माननीय श्री राजेन्द्र श्रेष्ठ ज्यूलाई संसदीय दलको कार्यालय सिंहदरबारमा ध्यानाकर्षणपत्र बुझाइयो ।

  • २०७५ असोज ८ गते मानव अधिकार विरोधि हिंसा रोक्न कानूनमा प्रयाप्त व्यवस्था गरी घटनाको गंभीरतापूर्वक छानविन गरी सत्य तथ्यका आधारमा  सम्पूर्ण अपराधिहरुलाई कडा भन्दा कडा सजाय दिईयोस र यस्ता घटनाहरु पुनः दोहोरिन नदिन पुलिस र प्रशासनलाई अझ जिम्मेवार र संवेदनशील बनाई गंभिरता पूर्वक कदम चालियोस् साथै समाजलाई सभ्य, सुसस्कृत, नैतिकवान र समुन्नत बनाउन सामाजिक जागरण अभियानहरु संचालन गरियोस भनी अन्तर पार्टी महिला सञ्जालले सबै संग जोडदार माग गर्दै रिपोटर्स क्लब भृकुटिमण्डपमा पत्रकार सम्मेलन गरियो ।

  • अन्तर पार्टी महिला सञ्जालले २०७५ मंसिर १२ गते नेपाल नागरिकता ऐन २०६३ लाई संशोधन गर्न बनेको विधेयकमा केही सुझाव राख्न उपयुक्त ठानी विधेयकमा दफावार छलफल गर्दा उल्लेखित सुझावहरुलाई समावेश गरी नेपाल नागरिकता ऐन २०६३ लाई लैङ्गिक मैत्री पूर्ण बनाउन महत्वपूर्ण भूमिका खेल्नुहुनका लागि संघीय संसद, प्रतिनिधि सभा राज्य व्यवस्था तथा सुशासन समितिका माननीय सभापति शशी श्रेष्ठ ज्यू तथा माननीय सदस्य ज्यूहरुको ध्यानाकर्षण गरायांै।        

  • अन्तर पार्टी महिला सञ्जालले २०७५ मंसिर १३ गते नेपाल नागरिकता ऐन २०६३ लाई संशोधन गर्न बनेको विधेयकमा केही सुझाव राख्न उपयुक्त ठानी विधेयकमा दफावार छलफल गर्दा उल्लेखित सुझावहरुलाई समावेश गरी नेपाल नागरिकता ऐन २०६३ लाई लैङ्गिक मैत्री पूर्ण बनाउन महत्वपूर्ण भूमिका खेल्नुहुनका लागि संघीय समाजवादी फोरम नेपालका प्रमुख सचेतक  माननीय श्री उमाशंकर अरगरिया ज्यूको ध्यानाकर्षण गरायांै । 
  • अन्तर पार्टी महिला सञ्जालले २०७५ मंसिर १६—२२ गतेसम्म जिल्ला सञ्जाल निगरानी र समिक्षाको लागि नवलपरासी (वर्दघाट सुस्ता पुर्व), नवलपरासी (वर्दघाट सुस्ता पश्चिम), दाङ, सल्यान, पूर्वी रुकुम, पश्चिम रुकुम गरी ६ जिल्लामा जिल्ला सञ्जाल अनुगमन गरियो ।

  • अन्तर पार्टी महिला सञ्जालले २०७५ मंसिर २४ गते नेपाल नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयकमा केही सुझाव राख्न उपयुक्त ठानी विधेयकमा दफावार छलफल गर्दा उल्लेखित सुझावहरुलाई समावेश गरी नेपाल नागरिकता ऐन २०६३ लाई लैङ्गिक मैत्री पूर्ण बनाउन महत्वपूर्ण भूमिका खेल्नुहुनका लागि नेपाल कम्युनिष्ट पार्टी (ने क पा) का मुख्य सचेतक  माननीय श्री देव प्रसाद गुरुङ ज्यूको ध्यानाकर्षण गरायांै ।

  • अन्तर पार्टी महिला सञ्जालले २०७५ मंसिर २४ गते नेपाल नागरिकता ऐन २०६३ लाई संशोधन गर्न बनेको विधेयकमा केही सुझाव राख्न उपयुक्त ठानी विधेयकमा दफावार छलफल गर्दा उल्लेखित सुझावहरुलाई समावेश गरी नेपाल नागरिकता ऐन २०६३ लाई लैङ्गिक मैत्री पूर्ण बनाउन महत्वपूर्ण भूमिका खेल्नुहुनका लागि सम्माननीय सभामुख ज्यूको ध्यानाकर्षण गरायांै ।

  • अन्तर पार्टी महिला सञ्जालले २०७५ मंसिर २५ गते नेपाल नागरिकता ऐन २०६३ लाई संशोधन गर्न बनेको विधेयकमा केही सुझाव राख्न उपयुक्त ठानी विधेयकमा दफावार छलफल गर्दा उल्लेखित सुझावहरुलाई समावेश गरी नेपाल नागरिकता ऐन २०६३ लाई लैङ्गिक मैत्री पूर्ण बनाउन महत्वपूर्ण भूमिका खेल्नुहुनका लागि राष्ट्रिय जनता पार्टी नेपालका प्रमुख सचेतक माननीय श्री लक्ष्मण लाल कर्ण ज्यूको ध्यानाकर्षण गरायांै ।

  • अन्तर पार्टी महिला सञ्जालले २०७५ पुष ५ गते नेपाल नागरिकता ऐन २०६३ लाई संशोधन गर्न बनेको विधेयक सम्बन्धमा अन्तरक्रिया कार्यक्रम इन्द्रेणी हाउस नयाँबानेश्वरमा सम्पन्न गरियो ।

  • अन्तर पार्टी महिला सञ्जालले २०७५ पुष १० गते “राजनीतिक दलको निर्णायक तहमा महिला प्रतिनिधित्वको अवस्था” सम्बन्धी कार्यशाला गोष्ठी अल्फा हाउस नयाँबानेश्वरमा सम्पन्न गरियो ।

  • अन्तर पार्टी महिला सञ्जालले २०७५ माघ १०—१३ गते सम्म जिल्ला सञ्जाल निगरानी र समिक्षाको लागि सिन्धुली, महोत्तरी, धनुषा, सप्तरी, सिरहा गरी ५ जिल्लामा अनुगमन गरियो ।

  • अन्तर पार्टी महिला सञ्जालले २०७५ फागुन ५ गते “राजनीतिक दलमा महिलाको ३३ प्रतिशत प्रतिनिधित्वका लागि विधानमा भएको व्यवस्था र त्यसको कार्यान्वयन” विषयमा अन्तरक्रिया कार्यक्रम अल्फा हाउस नयाँबानेश्वरमा सम्पन्न गरियो । 

  • अन्तर पार्टी महिला सञ्जालले २०७५ फागुन २४ गते १०९ औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस र अन्तर पार्टी महिला सञ्जालको १४ औं स्थापना दिवसको अवसरमा आयोजित सञ्जालको मुखपत्र (नियमित प्रकाशन) ‘सञ्जाल आवाज’ विमोचन तथा शुभकामना आदान–प्रदान कार्यक्रममा अल्फाहाउस नयाबानेश्वरमा सम्पन्न गरियो ।
  • अन्तर पार्टी महिला सञ्जालले २०७५ चैत्र ३ गते “संवैधानिक आयोग, कुटनीतिक नियोग र राजनीतिक नियुक्तिहरुमा महिला प्रतिनिधित्वको अवस्था” अन्तरक्रिया कार्यक्रम इन्द्रेणीहाउस नयाँबानेश्वरमा सम्पन्न गरियो ।
  • अन्तर पार्टी महिला सञ्जालले २०७५ चैत्र ८ गते सञ्चारकर्मीसंग सञ्जाल छलफल कार्यक्रम  इन्द्रेणी हाउस नयाँबानेश्वरमा सम्पन्न गरियो ।

२०७६ मा सम्पन्न भएका सम्पूर्ण कार्यक्रमहरू

१. २०७५ फागुन २४ गते अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस आठ मार्चका दिन ‘विश्वका महिलाहरू एक होऔँ ! महिलाका संविधानप्रदत्त हक अधिकार कार्यान्वयन गरौँ, १०९ औँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस भव्यताका साथ मनाऔँ !’ भन्ने मूल नाराका साथ अन्तर पार्टी महिला सञ्जालको १४ औँ स्थापना दिवस मनाइयो । उक्त अवसरमा माननीय महिला सांसदज्यूहरू, विभिन्न पार्टीमा आबद्ध महिला नेताहरू र भगिनी सङ्गठनका व्यक्तित्वका साथै, सञ्जालका केन्द्रीय कार्यसमिति सदस्यलगायत उपस्थित सम्पूर्ण सहभागीबाट संयुक्त रूपमा सञ्जालको मुखपत्र (नियमित प्रकाशन) ‘सञ्जाल आवाज’ विमोचन तथा शुभकामना आदान–प्रदान गरियो । 
२. राज्यका विभिन्न तह तथा निकायहरू जस्तै संवैधानिक आयोग, कुटनीतिक नियोग र राजनीतिक नियुक्तिहरूमा महिलाको प्रतिनिधित्वको अवस्था कस्तो छ, विभिन्न प्रशासनिक संयन्त्रहरूमा महिलाको सहभागिताको स्थिति के छ भन्ने जानकारी होस् र सहभागिताको लागि पहलकदमी बढोस् भन्ने उद्देश्यले २०७५ चैत ३ गते इन्द्रेणी फुडल्यान्ड, नयाँ बानेश्वरमा ‘संवैधानिक आयोग, कुटनीतिक नियोग र राजनीतिक नियुक्तिहरूमा महिला प्रतिनिधित्वको अवस्था’ सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न गरियो, जसमा प्रमुख अतिथिका रूपमा नेकपाबाट देवप्रसाद गुरुङ (मुख्य सचेतक नेकपा), नेपाली कांग्रेसबाट जीवन परियार, राष्ट्रिय जनता पार्टीबाट केशव झा, सङ्घीय समाजवादी, फोरमबाट प्रमिला यादव, नेकपा मालेबाट सुरेन्द्र ढकालज्यूहरूलाई आमन्त्रण गरिएको थियो ।
३. सञ्चार–माध्यम देशको एक अभिन्न अंग हो र सञ्चार–माध्यम नै त्यो एक माध्यम हो, जसद्वारा महिलाहरूसँग सम्बधित विषयहरू र महिलाहरूको आवाजहरू आम जनमानससमक्ष पु¥याउन सहज हुन्छ, त्यसैले महिला आन्दोलन, महिलाहरूको सङ्घर्ष, महिलाको वर्तमान अवस्था र आगामी दिनमा महिलाको समग्र विकासको लागि गर्न सकिने नीतिगत कुराहरूको बारेमा छलफल गरी सञ्चारकर्मी र अन्तर पार्टी महिला सञ्जाल बिचको सम्बन्ध प्रगाढ र नियमित बनाई सञ्चार–माध्यमलाई महिलामैत्री बनाउनुका साथै, सञ्चार जगत् महिलामैत्री भइदेओस् र महिलाका मुद्दाहरू समाजबाहिर ल्याइदेओस्, महिलालाई संविधानले दिएका अधिकार दिलाउनको निम्ति लबिङ गरोस्, अन्तर पार्टी महिला सञ्जालप्रति सकारात्मक बनोस् भन्ने उद्देश्यले अन्तर पार्टी महिला सञ्जालले विभिन्न मितिमा चरणवद्घ रूपमा छलफल ग¥यो । २०७५ चैत ८ गते इन्द्रेणी फुडल्यान्ड, नयाँ बानेश्वरमा विभिन्न विधाका सञ्चार–माध्यमहरूलाई आमन्त्रित गरी ‘सञ्चारकर्मीसँग सञ्जाल’ विषयक छलफल कार्यक्रम सम्पन्न गर्नुका साथै, २०७६ माघ २ गते वरिष्ठ पत्रकारज्यूहरू श्री युवराज घिमिरे, श्री सुरेश आचार्य, श्री तीर्थ कोइराला र श्री झलक सुवेदीज्यूहरूलाई आमन्त्रित गरी छलफल गरियो भने २०७६ फागुन ८ गते महिला पत्रकार श्री बबिता बस्नेत, श्री निर्मला शर्मा, श्री नितु पण्डित, श्री अमिका राजथला, श्री लक्ष्मी पुनज्यूहरूसँग छलफल सम्पन्न गरियो । 
४. निजामति सेवा र सुरक्षा निकायमा महिलाको प्रतिनिधित्वको अवस्था कस्तो छ, महिला सहभागिताको अवस्था कस्तो छ, विभिन्न प्रशासनिक संयन्त्रहरूमा महिलाको स्थिति कस्तो छ भन्ने जानकारी होस् र सहभागिताको लागि पहलकदमी बढोस् भन्ने उद्देश्यले २०७५ चैत १७ गते अल्फा हाउस, नयाँ बानेश्वरमा ‘निजामति सेवा र सुरक्षा निकायमा महिला प्रतिनिधित्वको अवस्था प्रस्तुतीकरण’ कार्यक्रम सम्पन्न गरियो, जसमा सङ्घीय मामिला तथा सामान्य प्रशाशन मन्त्रालयबाट प्रवक्ता सहसचिव श्री सुरेश अधिकारी, कानुन न्याय तथा ंसंसदीय मामिलाबाट प्रवक्ता सहसचिव श्री हुमबहादुर केसी, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट प्रवक्ता सहसचिव श्री महेन्द्रप्रसाद श्रेष्ठ, सशस्त्र प्रहरी बलबाट प्रवक्ता डीआईजी श्री सुरज श्रेष्ठ, राष्ट्रिय अनुसन्धान आयोगबाट प्रवक्ता डीआईजी श्री लक्ष्मण गुरुङ र नेपाल प्रहरीबाट प्रवक्ता एसएसपी श्री उमेशराज जोशीज्यूहरूलाई आमन्त्रण गरिएको
थियो ।